पिछडिएका क्षेत्रका महिलाहरुका लागि सरकारले छुट्टै बजेटको व्यवस्था गर्नुपर्छ : उपसभामुख राना
काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले पिछडिएका क्षेत्रका महिलाहरुका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गरेकी छन् ।
बुधबार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनलेपिछडिएकाक्षेत्रका महिलाहरूलाई राजनीतिक क्षेत्रमा प्रतिनिधित्व गराउनका लागि उनीहरूलाई सशक्तीकरण गर्न आवश्यक रहेकाले त्यसका लागि सरकारले बजेटको व्यवस्था गर्नुपर्ने तर्क गरिन् ।
उपसभामुख रानाले पिछडिएको क्षेत्र र भूगोलबाट राजनीतिमा महिलाहरूको प्रतिनिधित्व गराउन बढी जोड दिन आवश्यक रहेको पनि स्पष्ट पारिन् ।
स्थानीय तहको वडामा पनि महिलाहरूको प्रतिनिधित्वको लागि पहल गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।
उपसभामुख रानाले सुगम क्षेत्रका गर्भवती महिलाहरूले समेत एम्बुलेन्स पाउने अवस्था नरहेको उल्लेख गर्दै त्यसका आवश्यक व्यवस्था तत्काल मिलाउनुपर्ने बताइन् ।
बैठकमा बोल्दै राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरूलाई प्रत्यक्षतर्फनै प्रतिनिधिसभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने बताइन् । ५० प्रतिशतभन्दा बढी महिलाहरु रहेको मुलुकमा उनीहरूको प्रतिनिधित्व पनि सोही अनुसार स्थानीय तहदेखि संघसम्म हुनुपर्ने उनको तर्क थियो । उपाध्यक्ष अर्यालले त्यसका लागि आफूले सक्दो पहल गर्ने पनि बताइन् ।
उपाध्यक्ष अर्यालले स्थानीय तहमा रहेका महिला जनप्रतिनिधिहरूको क्षमता विकासमा पनि विशेष जोड दिनुपर्ने अवस्था रहेको स्पष्ट पारिन् । उनले महिला जनप्रतिनिधिहरूको काममा अवरोध नपु¥याउन पनि सचेत गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण