शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पिछडिएका क्षेत्रका महिलाहरुका लागि सरकारले छुट्टै बजेटको व्यवस्था गर्नुपर्छ : उपसभामुख राना

बुधबार, १७ फागुन २०७९, १७ : ०१
बुधबार, १७ फागुन २०७९

काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले पिछडिएका क्षेत्रका महिलाहरुका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गरेकी छन् ।

बुधबार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनलेपिछडिएकाक्षेत्रका महिलाहरूलाई राजनीतिक क्षेत्रमा प्रतिनिधित्व गराउनका लागि उनीहरूलाई सशक्तीकरण गर्न आवश्यक रहेकाले त्यसका लागि सरकारले बजेटको व्यवस्था गर्नुपर्ने तर्क गरिन् ।  

उपसभामुख रानाले पिछडिएको क्षेत्र र भूगोलबाट राजनीतिमा महिलाहरूको प्रतिनिधित्व गराउन बढी जोड दिन आवश्यक रहेको पनि स्पष्ट पारिन् ।  

स्थानीय तहको वडामा पनि महिलाहरूको प्रतिनिधित्वको लागि पहल गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । 

उपसभामुख रानाले सुगम क्षेत्रका गर्भवती महिलाहरूले समेत एम्बुलेन्स पाउने अवस्था नरहेको उल्लेख गर्दै त्यसका आवश्यक व्यवस्था तत्काल मिलाउनुपर्ने बताइन् । 

बैठकमा बोल्दै राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरूलाई प्रत्यक्षतर्फनै प्रतिनिधिसभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने बताइन् ।  ५० प्रतिशतभन्दा बढी महिलाहरु रहेको मुलुकमा उनीहरूको प्रतिनिधित्व पनि सोही अनुसार स्थानीय तहदेखि संघसम्म हुनुपर्ने उनको तर्क थियो । उपाध्यक्ष अर्यालले त्यसका लागि आफूले सक्दो पहल गर्ने पनि बताइन् । 

उपाध्यक्ष अर्यालले स्थानीय तहमा रहेका महिला जनप्रतिनिधिहरूको क्षमता विकासमा पनि विशेष जोड दिनुपर्ने अवस्था रहेको स्पष्ट पारिन् । उनले महिला जनप्रतिनिधिहरूको काममा अवरोध नपु¥याउन पनि सचेत गराइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप