शम्भुनाथ नगरपालिकाका मेयर गुप्ता र इन्जिनियर साहविरुद्ध आरोपपत्र दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका सप्तरीस्थित शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साह विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार अनुसन्धानको सिलसिलामा साह र उक्त नगरपालिकाका नगरप्रमुख जितेन्द्र प्रसाद गुप्ताले मिलेमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको पुष्टि भएपछि बुधबार विशेषमा आरोपपत्र दायर गरिएको हो ।
गुप्ता र साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगोसहित एक लाख ४० हजार रुपैयाँ जरिवाना र कैद माग गर्दै विशेषमा आरोपपत्र दायर गरिएको जानकारी प्रवक्ता दाहालले दिए । गत माघ तीन गते साहलाई इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट एक लाख ४० हजार रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। आयोगको अनुसन्धानपछि नगरप्रमुख गुप्ताको समेत संलग्नता पुष्टि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण