सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

शम्भुनाथ नगरपालिकाका मेयर गुप्ता र इन्जिनियर साहविरुद्ध आरोपपत्र दायर

बुधबार, १७ फागुन २०७९, १७ : ११
बुधबार, १७ फागुन २०७९

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका सप्तरीस्थित शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साह विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार अनुसन्धानको सिलसिलामा साह र उक्त नगरपालिकाका नगरप्रमुख जितेन्द्र प्रसाद गुप्ताले मिलेमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको पुष्टि भएपछि बुधबार विशेषमा आरोपपत्र दायर गरिएको हो । 

गुप्ता र साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगोसहित एक लाख ४० हजार रुपैयाँ जरिवाना र कैद माग गर्दै विशेषमा आरोपपत्र दायर गरिएको जानकारी प्रवक्ता दाहालले दिए । गत माघ तीन गते साहलाई इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट एक लाख ४० हजार रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। आयोगको अनुसन्धानपछि नगरप्रमुख गुप्ताको समेत संलग्नता पुष्टि भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप