बैंकहरुलाई २० अर्ब रुपैयाँ कर्जा सापटी दिँदै राष्ट्र बैंक
बिहीबार, १८ फागुन २०७९, १३ : ३२
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँ तरलता बजारमा प्रवाह गर्ने भएको छ । केन्द्रीय बैंकले १४ दिनका लागि बैंक तथा वित्तीय संस्थालाई कर्जा सापटी स्वरुप रिपो जारी गर्ने भएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले फागुन १८ गते दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । एक संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि ५ करोडले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।
फागुन १८ गते जारी हुने रिपो आगामी चैत २ गते परिपक्क हुनेछ ।
केन्द्रीय बैंकले बजारमा तरलता अभाव हुँदा रिपो मार्फत पैसा पठाउने गर्छ भने अधिक तरलता हुँदा पुनः रिभर्स रिपोमार्फत पैसा उठाउने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनामा सुरक्षा अधिकारीमाथि छानबिन र कारबाही गर्न सांसद दीपक साहको माग
-
युक्रेनलाई इरानको कडा चेतावनी
-
अल-नासरको आर्थिक संकट : के रोनाल्डोको बिदाइ नै एकमात्र विकल्प हो?
-
दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई १८ महिनाको जेल सजाय
-
काठमाडौँमा सहकारी पीडितको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
-
सुनसरी घटना : आक्रोशित समूहले जलाए मोटरसाइकल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण