बैंकहरुलाई २० अर्ब रुपैयाँ कर्जा सापटी दिँदै राष्ट्र बैंक
बिहीबार, १८ फागुन २०७९, १३ : ३२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँ तरलता बजारमा प्रवाह गर्ने भएको छ । केन्द्रीय बैंकले १४ दिनका लागि बैंक तथा वित्तीय संस्थालाई कर्जा सापटी स्वरुप रिपो जारी गर्ने भएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले फागुन १८ गते दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । एक संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि ५ करोडले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।
फागुन १८ गते जारी हुने रिपो आगामी चैत २ गते परिपक्क हुनेछ ।
केन्द्रीय बैंकले बजारमा तरलता अभाव हुँदा रिपो मार्फत पैसा पठाउने गर्छ भने अधिक तरलता हुँदा पुनः रिभर्स रिपोमार्फत पैसा उठाउने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहन बस्नेतको सांसद पद निलम्बन
-
स्पष्ट ढुवानीमैत्री नीति आवश्यक : सांसद नेम्वाङ
-
क्रान्तिकारी कार्यदिशा नभए जुनसुकै सरकार आए पनि केही हुनेवाला छैन : झलनाथ खनाल
-
मेरिटोक्रेसीबारे ओली : म प्रधानमन्त्री हो, तर म एक्लै त छैन नि देशमा
-
याक प्रवर्द्धनमा जुट्दै ताप्लेजुङका स्थानीय तह
-
बेनफिकाका स्पेनिस खेलाडीलाई भित्र्याउँदै रियल म्याड्रिड