खेलकुद
लिग–२ : नेपालको खराब सुरुवात
बिहीबार, १८ फागुन २०७९, १६ : २८
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा लागि त्रिकोणात्मक एकदिवसीय खेलमा घरेलु टोलीविरुद्ध नेपालले खराब सुरुवात गरेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले ७ आभेरको समाप्तिमा ३ विकेट गुमाएर ४५ रन बनाएको छ ।
नेपालका ओपनर कुशल भुर्तेल ५ रन बनाएर आउट हुँदा ज्ञानेन्द्र मल्ल र कप्तान रोहित कुमार पौड्यले बोल्ड आउट भए ।
अहिले नेपालका लागि क्रिजमा आसिफ शेख र कुशल मल्ल छन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०८ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण