लागूऔषध कारोबारमा संलग्न १८ जना पक्राउ
काठमाडौँ । प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा १८ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर र मातहत शाखाबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट १८ जनालाईपक्राउ गरेको हो ।
प्रहरीले विभिन्न मितिमा उनीहरुलाई लागूऔषध खैरो हेरोइन ४ सय ६९ ग्राम ५१ मिलिग्राम, लागूऔषध डाईजेपाम, ब्रुपिनोर्फिन र फेनारगन गरी जम्मा ९ सय ४० एम्पुल, डिजिटल तराजु र नगदसहित पक्राउ गरिएको जानकारी दिएको छ ।
पक्राउ पर्नेहरुमा मुगु सोरू गाउँपालिकाका २७ वर्षीय बीरेन्द्रबहादुर मल्ल, कैलाली लम्किचुहा नगरपालिकाका ४० वर्षीय सुनिल शाही, सर्लाही पर्सा गाउँपालिकाका २३ वर्षीय निखिलकुमार मण्डल, भारत मोतिहारीका ३१ वर्षीय जगत शर्मा, कैलाली बर्दगोरीयाका २६ वर्षीय निरज चौधरी, कैलाली टिकापुर नगरपालिकाका २६ वर्षीय बालकृष्ण चौधरी, बाँके खजुरा गाउँपालिकाका २३ वर्षीय रोहित योगी, कैलाली टिकापुरका २८ वर्षीया साबित्री मगर शाही, ३० वर्षीय प्रकाश बुढा तथा २२ वर्षीया कल्पना चौधरी रहेका छन् ।
त्यस्तै प्रहरीले झापा कचनकवल गाउँपालिकाका ३७ वर्षीय तोलपाल राजवंशी, भारतका २९ वर्षीय महमद नायम शेष, ईलामको ईलाम नगरपालिकाका २२ वर्षीय सुसन तामाङ, कास्की पोखरा महानगरपालिकाका २६ वर्षीय आशिष थकाली, स्याङ्जा पुतलीबजार नगरपालिकाका २७ वर्षीय सुमन गुरुङ, सिरहा सखुवान कर्कटी गाउँपालिकाका २० वर्षीय शिवशंकर यादव, सप्तरी राजबिराज नगरपालिकाका ३५ वर्षीय मोहमद नसिम र रोल्पा ऊवा गाउँपालिकाक २८ वर्षीय राजकुमार मगरलाई पनि लागुऔषधसहित पक्राउ गरेको छ ।
उनीहरुमाथि जिल्ला अदालत काठमाडौँबाट लागूऔषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुप्सेकोटका पहिरो विस्थापित अझै अस्थायी शिविरमै
-
फ्रान्सविरुद्ध स्पेन: सेमिफाइनलमा को चम्कियो ?
-
ट्रम्पको चेतावनी: मैले पुग्यो नभनेसम्म इरानमाथिका आक्रमण जारी रहनेछन्
-
आजदेखि भरी सिलिण्डर ग्यास पाइने
-
स्वास्थ्यका लागि उसिनेको कि भिजाएको चना उत्तम ?
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण