मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँट
काठमाडौँ । मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । आईपीओका लागि कुल १४ लाख २४ हजार ३५१ जना आवेदकले आवेदन दिएकामा ७ हजार ५ जनाको आवेदन रद्द भएको छ । यस कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । सर्वसाधारण आवेदकहरुले गोलाप्रथामार्फत सेयर हात पारेका छन् । यसमा कुल २ लाख २६ हजार ४६५ जनाको आवेदन परेको छ । जसमध्ये ५ जनाले ११ कित्ता र बाँकी २ लाख २६ हजार ४६० जनाले १० कित्ताका दरले सेयर हात पारेका हुन।
कम्पनीले सर्वसाधारणका लागि फागुन ४ गतेदेखि १० गतेसम्म कुल २२ लाख ६४ हजार ६५५ कित्ता सेयर निष्कासन गरेको थियो । कुल २७ लाख २८ हजार ५०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् २ लाख ७२ हजार ८५० कित्ता पहिले नै निष्कासन गरिसकेको थियो । सामूहिक लगानी कोष ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता र २ प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको सेयरका लागि सर्वसाधारणले आवेदन दिएका थिए । लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण