सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अखिल छैटौंद्वारा सिद्वार्थ क्याम्पसमा तालाबन्दी

शुक्रबार, १९ फागुन २०७९, १७ : ५४
शुक्रबार, १९ फागुन २०७९

बुटवल । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैंटौले बुटवलको सिद्वार्थ क्याम्पसमा तालाबन्दी गरेको छ । टियुको निर्देशन विपरित क्याम्पसले संगठन दर्ता गर्न नदिएपछि अखिल छैटौंले क्याम्पसस्थित निर्वाचन आयोगमा तालाबन्दी गरेको हो ।

आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि शुक्रबार दिउँसो ३ बजेसम्म संगठनको नाम दर्ता गर्ने समय थियो । संगठनको नाम दर्ता गर्ने अन्तिम समय ३ बजेसम्म थियो । २ बजे अगाडि नै क्याम्पसमा संगठनको नाम दर्ता गर्न जाँदा निर्वाचन अधिकृतको कार्यालयले नाम दर्ता गर्न नमानेपछि तालाबन्दी गरिएको अखिल छैंटौका इकाई अध्यक्ष समिर पोखरेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप