शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा ‘होली कार्निभेल’ फेस्टिभल हुँदै

शुक्रबार, १९ फागुन २०७९, १८ : ०४
शुक्रबार, १९ फागुन २०७९

काठमाडौँ । रंगको पर्व होलीमा काठमाडौँस्थित सिल्भर ओकमा ‘होली कार्निबेल’ फेस्टिभल हुने भएको छ । फागु पूर्णिमाको अवसरमा सोमबार (२२ गते) काठमाडौं गैह्रीधारास्थित सिल्भर ओकमा विभिन्न सांगीतिक कार्यक्रम होली कार्निभल फेस्टिभल हुने भएको हो ।

युनिफाइ नेपालको व्यवस्थापनमा सोलीस र आर्बिट्रेयरी एकसाथ फेस्टिभल गर्न लागेको हो । फेस्टिभलमा विभिन्न मुलुकका डिजेसहित नेपालका डिजेहरूको सहभागिता रहने इभेन्टका म्यानेजर रविन श्रेष्ठले जानकारी दिए । 

इटालीका कलाकार जिनोबी, हम्जा र नेपालीमा नाज, अनिष, सरोज लगायतका प्रसिद्ध चर्चित कलाकारहरुले प्रस्तुति दिनेछन् । कार्यक्रमको होस्ट भने पूर्व मिस नेपाल माल्भिका सुब्बाले गर्नेछिन् ।

उनका अनुसार  इभेन्टमा सहभागी हुन चाहनेले ‘खल्ती’ एपबाट टिकट खरिद गर्न सक्छन् । टिकट मूल्य १५ सय रुपैयाँ रहेको छ । इभेन्ट बिहान १० बजेदेखि सुरु हुनेछ ।

इभेन्ट पारिवारिक वातावरणमा हुनेछ । अभिभावकले आफ्ना बच्चाहरूलाई लगेर मनोरञ्जन दिन सक्छन् । सर्कस सो, फन गेम र विभिन्न खानाका स्टलसमेत हुनेछन् ।

‘नेपालमा अहिलेसम्मकै व्यवसायिक रुपमा सबैभन्दा ठूलो इभेन्ट गर्न लागिएको छ । हामीले इभेन्टका लागि फरक तरिकाले सजावट गरेका छौ,’ उनले भने,’ फेस्टिभलमा प्रोडक्सनको डिजाइन आकर्षक ढंगले बनाइने छ । होली पर्व व्यवस्थित तरिकाले मनाउन सबै आयोजक लागिरहेका छौ ।‘

मनोरञ्जनात्मक गतिविधि समेत सञ्चालन गर्ने तयारीमा रहेको श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप