ललितपुरबाट १२ जना जुवाडे पक्राउ
शुक्रबार, १९ फागुन २०७९, २२ : ३२

काठमाडौँ । प्रहरीले ललितपुर महानगरपालिका–१४ स्थित थसिखेलबाट एक दर्जन जुवाडेहरुलाई पक्राउ गरेको छ । शुक्रवार साँझ जुवा खालमा छामा मारेर १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रवीण पोखरेलले जानकारी दिए ।
पक्राउ पर्नेमा ललितपुर घर भएका कान्छीमाया तामाङ, ३६ वर्षीया निता थापा, ४२ वर्षीया निलिमा राई, ५२ वर्षीया लक्ष्मी गुरुङ, ५९ वर्षीया मन्जु गुरुङ न्यौपाने, ४९ वर्षीय राज कुमार केसी र ३७ वर्षीय बिलबहादुर लामासहित छन् । थसिखेलस्थित ईश्वरी खड्काको घरमा सञ्चालित जुवा खालबाट प्रहरीले जुवा सञ्चालक इश्वरीलाई पनि पक्राउ गरेको छ । जुवा खालबाट १ लाख ६० हजार नगद र ९ बुक तास बरामद गरिएको एसपी पोखरेल बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधि नीति सुझाव समितिको प्रतिवेदनलाई नेपाल फार्मेसी सङ्घको समर्थन
-
कर्णालीको बजेट कर्णालीकै अल्लोको झोलामा
-
आगामी आर्थिक वर्षको बजेट पारित गर्न गण्डकीमा मन्त्रिपरिषद् बैठक सुरू
-
दुई बुँदे ‘कच्चा सहमति’पछि माओवादी रक्षात्मक, चौतर्फी आलोचना
-
कर्णालीको बजेट मन्त्रिपरिषद्बाट पारित
-
नजर प्रदेशतिर : बजेट घोषणा गर्न तम्तयार