इन्डोनेसियाको सेन्ट्रल पपुवामा गोली चल्दा दुई जनाको मृत्यु
शनिबार, २० फागुन २०७९, १२ : ०५

जकर्ता । इन्डोनेसियाको पूर्वी प्रान्त मध्य पपुवामा शुक्रबार सशस्त्र पृथकतावादीहरूले गोली हानी एक सैनिक र एक सर्वसाधारणको हत्या गरेका छन् । प्रान्तका सैन्य प्रवक्ता हर्मन तार्यमानले स्थानीय मिडियालाई बताएअनुसार विद्रोहीको आक्रमणको क्रममा गोली लागेर सिपाहीको मृत्यु भएको हो । सो गोली प्रहार डिसको एउटा गाउँमा पृथकतावादीहरूले पहिले हत्ता गरेका एक नागरिकलाई बाहिर निकाल्दै गर्दा भएको थियो।
इन्डोनेसियाको पूर्वी क्षेत्रका पृथकतावादीहरूले विगत केही दशकदेखि सैनिक, प्रहरी कर्मचारी र सर्वसाधारणलाई निशाना बनाएर छापामार युद्धमार्फत स्वतन्त्रता खोज्दै आएका छन्। यसैगरी तीन दिनअघि याहुकिमो रेजेन्सी जिल्लामा विद्रोहीको आक्रमणमा परी एक सैनिकको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफ्रिकन स्वाइन फिभरका कारण ३६ बङ्गुरको मृत्यु
-
चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते
-
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने
-
चार वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आईपीएल : सनराइजर्स विजयी, घरेलु मैदानमा ६ विकेटले हार्यो लखनउ
-
प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हरायो ब्राइटनले