इन्डोनेसियाको सेन्ट्रल पपुवामा गोली चल्दा दुई जनाको मृत्यु
शनिबार, २० फागुन २०७९, १२ : ०५
जकर्ता । इन्डोनेसियाको पूर्वी प्रान्त मध्य पपुवामा शुक्रबार सशस्त्र पृथकतावादीहरूले गोली हानी एक सैनिक र एक सर्वसाधारणको हत्या गरेका छन् । प्रान्तका सैन्य प्रवक्ता हर्मन तार्यमानले स्थानीय मिडियालाई बताएअनुसार विद्रोहीको आक्रमणको क्रममा गोली लागेर सिपाहीको मृत्यु भएको हो । सो गोली प्रहार डिसको एउटा गाउँमा पृथकतावादीहरूले पहिले हत्ता गरेका एक नागरिकलाई बाहिर निकाल्दै गर्दा भएको थियो।
इन्डोनेसियाको पूर्वी क्षेत्रका पृथकतावादीहरूले विगत केही दशकदेखि सैनिक, प्रहरी कर्मचारी र सर्वसाधारणलाई निशाना बनाएर छापामार युद्धमार्फत स्वतन्त्रता खोज्दै आएका छन्। यसैगरी तीन दिनअघि याहुकिमो रेजेन्सी जिल्लामा विद्रोहीको आक्रमणमा परी एक सैनिकको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण