बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

नवप्रवेशी टिम चर्च ब्वाइजको विजयी सुरुवात

शनिबार, २० फागुन २०७९, १८ : १४
शनिबार, २० फागुन २०७९

काठमाडौँ । नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ । शनिबार भएको ए डिभिजन लिगको डेब्यू खेलमा चर्चले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराएको हो । च्यासल मैदानमा चर्चको जितमा आशिष चौधरी र फ्रान्कलिन क्विटे टलाले एक एक गोल गरे । यता पुलिसका लागि पुलिसका रवी पासवानले एक गोल गरे । पुलिसका लागि खेलको १४ औं मिनेटमा रवीले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए ।

यता चर्चका  लागि पहिलो हाफको इन्जुरी समयमा आशिषले गोल गर्दै खेल बराबरीमा ल्याए । फ्रान्कलिनले खेलको ७० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै चर्चलाई २–१ को जित दिलाए । जितसँगै चर्चले पहिलो खेलमै ३ अंक जोडेको छ । चर्च यसै सिजन मात्र शीर्ष डिभिजनमा उक्लिएको हो । यता पुलिसले हारबाट लिगको सुरुआत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप