नवप्रवेशी टिम चर्च ब्वाइजको विजयी सुरुवात
शनिबार, २० फागुन २०७९, १८ : १४
काठमाडौँ । नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ । शनिबार भएको ए डिभिजन लिगको डेब्यू खेलमा चर्चले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराएको हो । च्यासल मैदानमा चर्चको जितमा आशिष चौधरी र फ्रान्कलिन क्विटे टलाले एक एक गोल गरे । यता पुलिसका लागि पुलिसका रवी पासवानले एक गोल गरे । पुलिसका लागि खेलको १४ औं मिनेटमा रवीले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए ।
यता चर्चका लागि पहिलो हाफको इन्जुरी समयमा आशिषले गोल गर्दै खेल बराबरीमा ल्याए । फ्रान्कलिनले खेलको ७० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै चर्चलाई २–१ को जित दिलाए । जितसँगै चर्चले पहिलो खेलमै ३ अंक जोडेको छ । चर्च यसै सिजन मात्र शीर्ष डिभिजनमा उक्लिएको हो । यता पुलिसले हारबाट लिगको सुरुआत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण