आफ्नै स्वाद र संस्कारको नेपाली मोडलको पर्यटन आवश्यक : मन्त्री किराँती
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले धरानलाई पूर्वी धार्मिक स्थलहरू र सप्तकोशी जलमार्गलाई उपयोग गर्दै धरानलाई पर्यटनको हब बनाउने उद्घोष गरेका छन् । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सुनसरी उद्योग वाणिज्य संघले धरानमा आयोजना गरेको धरान एक्स्पो २०७९ को समापन समारोहमा बोल्दै मन्त्री किराँतीले धरान व्यापारिक र पर्यटन केन्द्र भएकाले पर्यटनको हबको रूपमा विकास गरी त्यसलाई स्वदेशी उत्पादनको बजारीकरणको केन्द्र बनाउन सकिने बताएका हुन् ।
पर्यटनलाई यस भेगका उत्पादनको आफ्नो स्वाद र संस्कार संस्कृतीको रूपमा नेपाली मोडल बनाएर नेपाली उत्पादनलाई बजारीकरण गरिनुपर्ने कुरामा मन्त्री किराँतीको जोड रहेको छ । नेपाली स्रोत साधनलाई सामूहिक रूपमा सञ्चालन गर्दै प्रविधि मैत्री किसान, उद्यमी, व्यापारी सबै पर्यटनको दिगो विकासमा लाग्नुपर्नेमा उनले जोड दिए ।
सोही अवसरमा मन्त्री किराँतीले आफ्नै स्वाद र संस्कारसहितको नेपाली मोडलको पर्यटन विकासको आवश्यक रहेको समेत बताए ।

कार्यक्रममा पूर्व मन्त्री मीन विश्वकर्माले धरानमा सबै थोक रहेकोले यहाँको लगानी कति पलायन हुँदैछ त्यसप्रति गम्भीर हुन आग्रह गरे । उनले उद्योगी व्यवसायीलाई स्थानिय उत्पादनको ब्राण्डिङमा समेत जोड दिए । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले धरान क्षेत्रको विकासको लागि एकीकृत अवधारणा आवश्यक रहको बताउँदै उनले पर्यटनको विकासका लागि स्थानिय परिकारलाई प्रवद्र्धन गर्नु पर्ने बताए । डा.रेग्मीले पूर्वको समग्र पर्यटन प्रवद्र्धनमा पर्यटन बोर्डले विभिन्न कार्यक्रम गर्दै आएको समेत जानकारी दिए । उनले हील स्टेशनको अवधारणा अनुरुप पूर्वाधार विकास गर्न सके छिमेकी मुलुकबाट थ्रुप्रै पर्यटक नेपाल ल्याउन सकिने समेत बताए ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उत्पादन मुखी व्यापार, व्यवसायीले लगानी गरेर कमाएको पुँजीलाई धरान बाहिर लैजान नपाउने नियम बन्न जरुरी भएको बताए । फागुन ११ गतेदेखि धरानमाशुरु भएको एक्पोमा पर्यटनसँग सम्बन्धित १५ सहित विभिन्न १३० वटा स्टरल रहेको सुनसरी उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्षले विजय श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण