फिल्म डेब्युका लागि नीतिले पुरा गरिन् अभिनय कोर्स
काठमाडौँ । चर्चित फेसन मोडल नीति शाह ‘कामिनो’ मार्फत फिल्म अभिनयमा डेब्यू गर्दैछिन् । फिल्म डेब्युका लागि उनले अभिनयको तीन महिने कोर्ष समेत पूरा गरेकी छन् ।
पुस महिनाबाट कलाकार तथा निर्देशक अनुप बरालको ‘एक्टर्स स्टुडियो’ मा अभिनय सिक्न थालेकी उनले अहिले भने कोर्स पुरा गरेकी छन् । उनले आफ्नो अभिनय कोर्स पुरा भएको जानकारी दिदै ‘एक्टर्स स्टुडियो’सँगको ३ महिना आफ्नो जीवनको सबैभन्दा अद्भुत समय रहेको बताएकी छन् ।
नीतिले अभिनय सिकाइकै क्रममा फिल्म ‘कामिनो’ सम्झौता गरेकी हुन् । फिल्ममा छनौट गर्नुअघि निर्देशक दीपक वलीले केही संवाद दिएर अडिसन समेत लिएका थिए । चाँडै उनी ‘कामिनो’ को वर्कसपमा सहभागी हुनेछिन् । वर्कसपमा कलाकार भोलाराज सापकोटाले गराउँदैछन् ।
फिल्म ‘कामिनो’ नीति अभिनेता प्रदीप खड्कासँग जोडी बाँधिँदैछ । यसअघि केही विज्ञापनमा उनीहरुले एकसाथ काम गरेका थिए । यस अगाडि उनले पहिलो फिल्मको रूपमा ‘हुतुतु’ र दोस्रो फिल्मको रूपमा ‘एक्स ९’ सम्झौता गरेकी थिइन् । तर यी दुवै फिल्मको छायाङ्कन सुरु हुन भने सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण