फिल्म डेब्युका लागि नीतिले पुरा गरिन् अभिनय कोर्स

काठमाडौँ । चर्चित फेसन मोडल नीति शाह ‘कामिनो’ मार्फत फिल्म अभिनयमा डेब्यू गर्दैछिन् । फिल्म डेब्युका लागि उनले अभिनयको तीन महिने कोर्ष समेत पूरा गरेकी छन् ।
पुस महिनाबाट कलाकार तथा निर्देशक अनुप बरालको ‘एक्टर्स स्टुडियो’ मा अभिनय सिक्न थालेकी उनले अहिले भने कोर्स पुरा गरेकी छन् । उनले आफ्नो अभिनय कोर्स पुरा भएको जानकारी दिदै ‘एक्टर्स स्टुडियो’सँगको ३ महिना आफ्नो जीवनको सबैभन्दा अद्भुत समय रहेको बताएकी छन् ।
नीतिले अभिनय सिकाइकै क्रममा फिल्म ‘कामिनो’ सम्झौता गरेकी हुन् । फिल्ममा छनौट गर्नुअघि निर्देशक दीपक वलीले केही संवाद दिएर अडिसन समेत लिएका थिए । चाँडै उनी ‘कामिनो’ को वर्कसपमा सहभागी हुनेछिन् । वर्कसपमा कलाकार भोलाराज सापकोटाले गराउँदैछन् ।
फिल्म ‘कामिनो’ नीति अभिनेता प्रदीप खड्कासँग जोडी बाँधिँदैछ । यसअघि केही विज्ञापनमा उनीहरुले एकसाथ काम गरेका थिए । यस अगाडि उनले पहिलो फिल्मको रूपमा ‘हुतुतु’ र दोस्रो फिल्मको रूपमा ‘एक्स ९’ सम्झौता गरेकी थिइन् । तर यी दुवै फिल्मको छायाङ्कन सुरु हुन भने सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ
-
कर्णालीमा बजेट ‘अवैध’ तरिकाले ल्याइएको माओवादीको आरोप
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु
-
रास्वपामा विभागीय प्रमुख हेरफेर, नीति तथा विचार प्रमुखमा वाग्ले
-
सचिव हुन नपाएको झोँकमा मन्त्रालय नै गइनन् संगीता, साढे ३ महिनादेखि बिदामा
-
संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे