शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बहिनीमाथि यौन हिंसा गर्ने दिदी पक्राउ, भिडियो बनाएर पुरुष साथीलाई पठाएको खुलासा

आइतबार, २१ फागुन २०७९, १२ : ३९
आइतबार, २१ फागुन २०७९

भक्तपुर । आफ्नै नाबालिग बहिनीमाथि यौन हिंसा गरेको आरोपमा दिदी पक्राउ परेकी छन् ।

बहिनीसँग यौनजन्य गतिविधि गर्दै त्यसको भिडियोसमेत बनाएर पुरुष साथीलाई पठाएको आरोपमा महिलालाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसर सूचना अधिकारी कुमारप्रसाद मैनालीले जानकारी दिए । 

उनका अनुसार बहिनीसँग यौनजन्य गतिविधि गरेर सोको भिडियो बनाएर आफ्नो पुरुष साथीलाई जिमेलमार्फत पठाएको खुल्न आएको छ । पक्राउ परेकी महिलामाथि थप अनुसन्धान गरिरहेको उनले बताए । 

यसअघि गत जेठ ६ गते इन्टरपोल क्राइम एगेष्ट चाइल्ड युनिटबाट बालिकालाई यौन दुरुपयोग गरेकोसम्बन्धी सूचना नेपाल प्रहरीको इन्टरपोल शाखाको प्राप्त भएको थियो ।

प्रहरी प्रधान कार्यालय साइवर ब्युरोबाट प्रारम्भिक अनुसन्धान भई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी परिसमा गत २० पुसमा  प्राप्त भई अनुसन्धान थालेको परिसरले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप