देशका विभिन्न स्थान भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौँ । पछिल्ला २४ घण्टामा भएका विभिन्न दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार धनुषा, सर्लाही र धादिङमा भएका दुर्घटनाहरूमा उनीहरूको मृत्यु भएको हो ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका-९ बरमझियास्थित सडकमा प्र.२-०२-००६ प २६५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सहिदनगर नगरपालिका-९ बस्ने ४५ वर्षीया कुमारी देवी मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धनुषाकै लक्ष्मीनियाँ गाउँपालिका-४ सपहीस्थित सडकमा ज. १ त ५२४५ नम्बरको ट्रयाक्टरमा ज.१० प ६४२९ नम्बरको मोटरसाइकल ठोक्किएर शनिबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय राम एकवाल ठाकुर र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ६० वर्षीया सतो साह सुडी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यता सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ स्थित सडकमा बागमती प्रदेश-०१-०२५ च २००७ नम्बरको पिकअप र प्र.२-०२-००१ ह ०३३३ नम्बरको टेम्पु एक-आपसमा ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा टेम्पु चालक धनुषा मिथिला नगरपालिका-१० बस्ने ३४ वर्षीय दीपक स्याङतानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गढीमाई अस्पताल लालबन्दी हुँदै थप उपचारको लागि वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ हिलटपस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५२ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय प्राविधिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा
-
मध्यराति भैंसीगोठमै सुतिरहेका ५२ वर्षीय पुरुषको हत्या
-
हुम्लाको श्रीनगर केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
-
पार्टी स्थापना गर्ने म महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ : मुकुल ढकाल
-
समाजवाद र पुँजीवादको फ्युजनः ‘संवैधानिक समाजवाद’ रास्वपाको मार्गदर्शन
-
रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनः हेर्नुहोस् LIVE UPDATES
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण