सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माको सम्पत्ति विवरण

आइतबार, २१ फागुन २०७९, १५ : ३७
आइतबार, २१ फागुन २०७९

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको दुई महिना पुग्नै लाग्दा शर्माले आइतबार आफ्नो सम्पत्ति सार्वजनिक गरेका हुन् ।

सार्वजनिक विवरण अनुसार शर्माको दाङ र रुकुम पश्चिम गरी दुई ठाउँमा कृषि खेती रहेको छ । उनले रुकुम पश्चिम चौरजहारी नगरपालिका र दाङको लमहीमा जग्गा रहेको उल्लेख गरेका छन् । उनले विवरणमा आफ्नो घर नरहेको उल्लेख गरेका छन् । उनले आफ्नो आम्दानीको रूपमा कृषि खेती देखाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप