फ्रान्सेली फुटबलर एमबाप्पेले रचे नयाँ कीर्तिमान
आइतबार, २१ फागुन २०७९, १५ : ३९
फ्रान्सेली फुटबल स्टार केलियन एमबाप्पे आफ्नो फुटबल क्लबको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । एमबाप्पे पेरिस सेन्ट जर्मेन फुटबल क्लबबाट खेलिरहेका छन् । शनिवार नान्टेसविरुद्धको खेलमा २४ वर्षीय एमबाप्पेले अन्तिम मिनेटमा गोल गरेका थिए ।
क्लबका लागि सबै प्रतियोगितामा एमबाप्पेको यो २०१ औँ गोल थियो । यो गोलसँगै एमबाप्पेले पूर्व स्ट्राइकर एडिन्सन काभानीको कीर्तिमान पनि तोडे । मोनाको क्लबबाट खेल्ने एमबाप्पे सन् २०१७ देखि पीएसजीबाट खेल्दै आएका छन् ।
पीएसजीले उनलाई मोनाकोबाट लोनमा लिएको हो । पीएसजीमा आबद्ध भएदेखि एमबाप्पेले यस क्लबलाई चार पटक फ्रेन्च लिगको उपाधि जित्न सहयोग गरिसकेका छन् ।
यद्यपि यो क्लबले अहिलेसम्म युरोपियन च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण