शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रान्सेली फुटबलर एमबाप्पेले रचे नयाँ कीर्तिमान

आइतबार, २१ फागुन २०७९, १५ : ३९
आइतबार, २१ फागुन २०७९

फ्रान्सेली फुटबल स्टार केलियन एमबाप्पे आफ्नो फुटबल क्लबको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । एमबाप्पे पेरिस सेन्ट जर्मेन फुटबल क्लबबाट खेलिरहेका छन् । शनिवार नान्टेसविरुद्धको खेलमा २४ वर्षीय एमबाप्पेले अन्तिम मिनेटमा गोल गरेका थिए ।

क्लबका लागि सबै प्रतियोगितामा एमबाप्पेको यो २०१ औँ गोल थियो । यो गोलसँगै एमबाप्पेले पूर्व स्ट्राइकर एडिन्सन काभानीको कीर्तिमान पनि तोडे । मोनाको क्लबबाट खेल्ने एमबाप्पे सन् २०१७ देखि पीएसजीबाट खेल्दै आएका छन् ।

पीएसजीले उनलाई मोनाकोबाट लोनमा लिएको हो । पीएसजीमा आबद्ध भएदेखि एमबाप्पेले यस क्लबलाई चार पटक फ्रेन्च लिगको उपाधि जित्न सहयोग गरिसकेका छन् ।

यद्यपि यो क्लबले अहिलेसम्म युरोपियन च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप