एकैपटक उपनिर्वाचन गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबाट निर्वाचित भएर खाली हुने निर्वाचन क्षेत्र र चितवन- २ मा एकैपटक उपनिर्वाचन गर्ने तयारी गरेको छ । आइतबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चितवन निर्वाचन क्षेत्र नम्बर २ र राष्ट्रपति तथा उपराष्ट्रपति पदमा निर्वाचित सांसदको रिक्त रहेको पदका लागि एकैपटक उपनिर्वाचन गर्ने तयारी गरेको जानकारी दिए ।
'आगामी फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ को उपराष्ट्रपति निर्वाचनबाट निर्वाचित सांसदको पद रिक्त भएपछि खाली हुने निर्वाचन क्षेत्र र चितवन- २ मा एकैपटक उपनिर्वाचन गर्ने तयारी आयोग गरिरहेको छ,' उनले भने, 'तीनवटा निर्वाचन क्षेत्रमा एकैपटक उपनिर्वाचन गर्दा थप निर्वाचन सामग्री खरिद गर्नुपर्दैन । मतपत्र छपाइ र कर्मचारीलगायत लागि एक निर्वाचन क्षेत्रमा करिब दुई करोड खर्च हुने अनुमान गरेका छौं ।' यसअघि आयोगले चितवन - २ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने घोषणा गरिसकेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण