कविता
रंगहरूको पर्व होली
सोमबार, २२ फागुन २०७९, ०७ : १३
रंगहरूको पर्व हो, होली
सद्भाव र रंगको पर्व हो, होली
असत्यमाथि सत्यको विजयको
खुशियालीमा मनाउँछौ होली
फागुन शुक्ल पूर्णिमाको दिन हुन्छ होली
एकापसमा रमाइलो गरेर
रंग अबीर लगाई खेलौं होली
खेल्ने चाह नभएकासँग
नखेलौ कसैले जवर्जस्ती होली
अरुको इच्छा विपरीत,
नलगाआंै कसैले रंग अबीर
अरुको इच्छा विपरीत,
नहानौ कसैले लोला ।
जोसँग मिल्छ मन र बोली
उसैसँग मात्र खेलौ होली,
होलीमा होऔं सबै दंग
कलह र झगडा नबनोस् कसैसँग
होलीको कारणले कोही दुर्घट्नाका सिकार नबनोस्
एक छिनको रमाईलोले पछुताउन नपरोस्
भोग्न नपरोस् पीडा, जीवन भर कसैले पनि
नखेलौ कसैले उच्छ्ङ्खल भई, होली
नफैलाऔ विकृति, सम्झनायोग्य बनाऔं होली पर्वलाई
जगेर्ना गरौ सधैँ सबैले, आफ्नो धर्म र संस्कारलाई ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण