बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

यमनमा पोलियो विरुद्धको खोप अभियान सुरु

सोमबार, २२ फागुन २०७९, १६ : ०४
सोमबार, २२ फागुन २०७९

आडेन । यमनको युद्धग्रस्त क्षेत्रमा पछिल्ला केही समययता पोलियो रोगको समस्या देखिएकाले यहाँको सरकारले यसका विरुद्धमा पोलियो खोप अभियान सुरु गरेको छ ।

यमन सरकारले युद्धग्रस्त क्षेत्रहरुमा देखिएको पोलियोको प्रकोप नियन्त्रणका लागि सो अभियान राष्ट्रव्यापी रुपमा नै सञ्चालनमा ल्याएको बताइएको छ ।

यो अभियान यहाँको आडेन क्षेत्रका १२ लाख भन्दा बढी बालबालिकालाई लक्षित गरिएको बताइएको छ । सो क्षेत्रका पाँच वर्ष मुनिका ती बालबालिकालाई पहिलो चरणमा यो अभियानमार्फत पोलियोको खोप लगाइने छ ।

आडेन यहाँको बढी द्वन्द्व चर्किएको क्षेत्र हो । 

यस क्षेत्रका पनि गाउँ गाउँमा स्वास्थ्य संरचना एवं औषधिको अभावमा पोलियोको असर देखिएको र यो फैलिन सक्ने अवस्था पनि रहने भएकाले त्यसलाई मध्यनजर गर्दै पोलियो विरुद्धको खोप अभियान सञ्चालन गरिएको बताइएको छ ।

साउदी अरेबियाको सहयोग रहेको यमनको सरकारले अहिले यहाँका १२ ओटा प्रान्तमा यो अभियान सञ्चालन गरिरहेको र यसका लागि सयौँ स्वास्थ्य कार्यकर्ता खटाइएको छ ।

ती स्वास्थ्यकर्मीहरुले आडेन सहर, यसको वरपरका क्षेत्र र ग्रामीण क्षेत्रहरुमा घर घरमा पुगेर बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउने गरेका छन् । (रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप