यमनमा पोलियो विरुद्धको खोप अभियान सुरु
आडेन । यमनको युद्धग्रस्त क्षेत्रमा पछिल्ला केही समययता पोलियो रोगको समस्या देखिएकाले यहाँको सरकारले यसका विरुद्धमा पोलियो खोप अभियान सुरु गरेको छ ।
यमन सरकारले युद्धग्रस्त क्षेत्रहरुमा देखिएको पोलियोको प्रकोप नियन्त्रणका लागि सो अभियान राष्ट्रव्यापी रुपमा नै सञ्चालनमा ल्याएको बताइएको छ ।
यो अभियान यहाँको आडेन क्षेत्रका १२ लाख भन्दा बढी बालबालिकालाई लक्षित गरिएको बताइएको छ । सो क्षेत्रका पाँच वर्ष मुनिका ती बालबालिकालाई पहिलो चरणमा यो अभियानमार्फत पोलियोको खोप लगाइने छ ।
आडेन यहाँको बढी द्वन्द्व चर्किएको क्षेत्र हो ।
यस क्षेत्रका पनि गाउँ गाउँमा स्वास्थ्य संरचना एवं औषधिको अभावमा पोलियोको असर देखिएको र यो फैलिन सक्ने अवस्था पनि रहने भएकाले त्यसलाई मध्यनजर गर्दै पोलियो विरुद्धको खोप अभियान सञ्चालन गरिएको बताइएको छ ।
साउदी अरेबियाको सहयोग रहेको यमनको सरकारले अहिले यहाँका १२ ओटा प्रान्तमा यो अभियान सञ्चालन गरिरहेको र यसका लागि सयौँ स्वास्थ्य कार्यकर्ता खटाइएको छ ।
ती स्वास्थ्यकर्मीहरुले आडेन सहर, यसको वरपरका क्षेत्र र ग्रामीण क्षेत्रहरुमा घर घरमा पुगेर बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउने गरेका छन् । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण