लिग-२ : यूएईमाथि नेपालको जित

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीलाई हराएको छ ।
सोमबार भएको खेलमा नेपालले युएईलाई ४२ रनले हराएको हो ।
नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा अलआउट हुँदै १८७ रन बनायो ।
यसअघि पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनाएको थियो ।
नेपालका लागि भिम सार्कीले ९९ बलमा ७० रन बनाएका थिए ।
यूएईका लागि आशिफ खानले ८२, आर्यन लक्राले ५० र वृत्य अरविन्दले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले तीन-तीन विकेट लिए । त्यस्तै, करण केसी, आरिफ शेख र सन्दीप लामिछानेले एक-एक विकेट लिए ।
यो जितसँगै नेपाल अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । नेपालको ३२ खेलमा ३२ अंक भएको छ ।
त्यस्तै, स्कटल्यान्ड ५० अंक सहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको ओमनको ४४, तेस्रो स्थानमा रहेको नामिबियाको ३९ र चौथो स्थानमा रहेको अमेरिकाको ३५ अंक छ ।
यसअघि पाँचौ स्थानमा रहेको यूएई यो हारसँगै छैटौं स्थानमा झरेको छ । यूएईको ३२ खेलमा ३१ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ प्रतिशत दलित समुदायलाई १ प्रतिशत बजेट !
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित
-
२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम
-
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन