कश्मीरमा फर्जी इन्काउन्टर गरी ३ जनाको हत्या गर्ने क्याप्टेनलाई आजीवन कारावासको सिफारिस
नयाँ दिल्ली । भारतीय सेनाको अदालतले सोमबार कश्मीरको अम्शिपोरामा नियोजित मुठभेडमा संलग्न क्याप्टेनलाई आजीवन कारावासको सिफारिस गरेको छ। यस सम्बन्धमा सेनाका वरिष्ठ अधिकारीहरूले निर्णय गर्नेछन्। यो भिडन्त जुलाई २०२० मा दक्षिण कश्मीरको अम्शिपोरामा भएको थियो, जसमा तीन जनाको मृत्यु भएको थियो।
सैनिक अदालतले एक वर्षभन्दा कम समयमै ‘कोर्ट मार्सल’को कारबाही पूरा गरेको जानकारी दिएको छ । मुद्दाको सुनुवाइको क्रममा, यो खुलासा भयो कि सैनिकहरूले सशस्त्र बल विशेष शक्ति अधिनियम ९अफ्सपा० को उल्लङ्घन गरेका थिए। यसपछि क्याप्टेन भूपेन्द्र सिंहलाई ‘कोर्ट मार्शल’ गरिएको थियो ।
यो घटना १८ जुलाई २०२० को हो । सेनाका जवानहरूले दक्षिण कश्मीरको शोपियानको अम्शीपोरामा मुठभेडमा तीन जनालाई मारेका थिए। मारिएका तीनै जना आतङ्ककारी भएको सेनाले दाबी गरेको थियो । मृत्यु हुनेमा इम्तियाज अहमद, अबरार अहमद र मोहम्मद इब्रार रहेका छन् ।
सामाजिक सञ्जालमा मानिसहरूले यो मुठभेडलाई फेक भन्दै विरोध गर्न थाले। त्यसपछि सेनाले ुअनुसन्धान अदालतु स्थापना गर्यो, जसको प्रारम्भिक अनुसन्धानमा सेनाले अफ्सपा अन्तर्गतको आफ्नो शक्तिको उल्लङ्घन गरेको फेला पारेको थियो।
जम्मू कश्मीरकी पूर्व मुख्यमन्त्री महबुबा मुफ्तीले यो निर्णयको स्वागत गरेकी छिन् । उनले लाभापोरा र हैदरपोरा मुठभेडको पनि निष्पक्ष छानबिन गरी यस्ता घटना हुन नदिनका लागि आदेश दिने अपेक्षा गरिएको बताएकी छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण