आगलागीमा परी दोलखामा एक वृद्धको मृत्यु
मङ्गलबार, २३ फागुन २०७९, ०९ : २४
दोलखा। दोलखाको कालिन्चोक गाउँपालिका- २ डाकाका ८७ वर्षीय महवीर थामीको जलेर मृत्यु भएको छ।
सोमबार राति घरमा खाना खाएर आफ्नै घरमा सुतिरहेका उनको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। वृद्ध घरमा एक्लै बस्दै आएका थिए ।
आगलागीमा परेर वृद्धको शरीर पूर्णरुपमा जलेको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजेश सिग्देलले बताए।
आगलागीबाट वृद्धको एकतले घर जलेर पूर्ण रुपमा नष्ट भएको छ। घरमा आगलागी भएको बुधबार बिहान मात्र जानकारी भएको प्रहरी निरीक्षक सिग्देलले बताए । थामीको घरमा आगलागीको कारण विजुली सर्ट भइसकेपछि बिहान मात्र स्थानीयले थाहा पाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण