क्यानडाका प्रधानमन्त्री ट्रुडोले भने, ‘आम निर्वाचनमा चीनको हस्तक्षेपको अनुसन्धान गराइनेछ’
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हालैको चुनावमा कथित चिनियाँ हस्तक्षेपको स्वतन्त्र अनुसन्धान गराइने बताएका छन् । यसका लागि नियुक्त अनुसन्धानकर्ता सन् २०१९ र २०२१ को आम निर्वाचनसँग जोडिएको गोप्य रिपोर्टको समीक्षा गरिने र भविष्यमा हुने चुनावका लागि सुझाव दिनेछन् ।
क्यानडाको विपक्षी पार्टी यो घटनाको सार्वजनिक अनुसन्धान गराउनुपर्ने माग गरिरहेको थियो । यद्यपि, चीनले चुनावका कुनै पनि खालको हस्तक्षेपको अस्वीकार गरेको छ र यी दाबीलाई पूर्ण रूपमा निराधार र अपमानजनक बताएको छ ।
सोमबार पत्रकारसँगको कुराकानीमा ट्रुडोले क्यानडाको ‘सम्प्रभुता’ लाई चुनौती दिने रिपोर्ट अचम्मित पार्ने खालको छ र एक क्यानेडेलीको रूपमा यो हामीमाथि हमला गरेजस्तो हो ।
ट्रुडोले भनेका छन्, ‘क्यानडा निकै लामो समयदेखि चीनका साथै इरान र रुसको चुनावमा हस्तक्षेपकारी भूमिकासँग सचेत छ र यो कुनै नयाँ समस्या होइन ।’
उनले थपे, ‘म एक विशेष स्वतन्त्र अनुसन्धानकर्ता नियुक्त गर्दै छु जसलाई अधिकांश मानिसको समर्थन हुनेछ र जसले हस्तक्षेपसँग जुध्नका लागि सुझाव दिनेछन् र हाम्रो लोकतन्त्रलाई सुदृढ गर्नेछन् ।’
अनुसन्धानकर्ताको नियुक्ति हाल भएको छैन तर अबको केही दिनमा एक स्वतन्त्र अनुसन्धानकर्ता छानिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण