अस्ट्रेलियाको जङ्गलमा पुनः आगलागी, भीषण रूप लिने सम्भावना
अस्ट्रेलियाको जङ्गलमा पुनः आगलागीका घटना सार्वजनिक भएका छन् । अस्ट्रेलियाको दमकल विभागले पूर्वी तटसँग जोडिएको जङ्गलमा दर्जन बढी स्थानमा भएको आगलागी लुका कारण भीषण रूपमा लिन सक्ने भन्दै चेतावनी दिएको छ ।
सिड्नीभन्दा २५० किलोमिटर टाढा उत्तर पश्चिममा भएको आगलागीका कारण पछिल्लो दुई वर्षमा पहिलो पटक ‘इमर्जेन्सी फायर वार्निङ’ जारी गरिएको छ । जानकारीका अनुसार दमकलकर्मीले ४९ फिट अग्लो आगोको लप्कासँग जुध्नु परिरहेको छ ।
लु र आगलागीको सबैभन्दा बढी असर अस्ट्रेलियाको न्यु साउथ वेल्स प्रान्तमा परेको छ । अस्ट्रेलियाको सबैभन्दा बढी जनसङ्ख्या भएको यो इलाकामा मानिसहरूलाई आ–आफ्नो घर खाली गर्न भनिएको छ र केही सम्पत्तिमा क्षति पुगेको पनि खबर छ ।
सोमबार राज्यका केही इलाकामा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ जुन जनवरी २०२१ पछि उच्च हो ।
मङ्गलवार राज्यमा ३३ स्थानमा आगलागीको खबर छ जसमध्ये १० स्थानमा आगलागी नियन्त्रणमा छैन ।
न्यु साउथ वेल्सको दमकल विभागले तेज हावाका कारण आगो थप फैलिएको छ ।
अस्ट्रेलियाको मौसम विभागले पनि न्यु साउथ वेल्समा थुप्रै स्थानमा आगलागी हुनसक्ने चेतावनी दिएको छ ।
अस्ट्रेलियाका लागि सन् २०१९ सबैभन्दा खराब मौसम भएको वर्ष रह्यो जसमा करिब ३ अर्ब जनावर पक्षी जङ्गलमा आगलागीका कारण मारिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
-
नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा मार्गचित्र सार्वजनिक : ‘इप्पान भिजन २०२९’ र डिजिटल प्रणाली मुख्य प्राथमिकता
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण