सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

‘ज्याकीः आई एम ट्वान्टी वान’ को संवाद सामाजिक सञ्जालमा भाइरल

मङ्गलबार, २३ फागुन २०७९, १० : ५६
मङ्गलबार, २३ फागुन २०७९

काठमाडौँ । ‘बाबा मलाई थाहा छ, मैले रोजेको बाटो सजिलो छैन । तर, मलाई यो पनि थाहा छ मेरो सपना फरक हो गलत होइन ।’

माथि उल्लेखित संवाद फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ को हो । वैशाखको २१ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको यो फिल्मको टिजर केही दिन अगाडि सार्वजनिक भएको थियो । उक्त टिजरमा समावेस फिल्मको एक संवाद अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । फिल्मको निर्देशन रेनशा राई रानाले गरेकी हुन् ।

टिकटक बनाउनेहरुले फिल्मको संवादमा आफ्नो फरक फरक खालको क्रियशन समेत देखाइरहेका छन् । टिकटकमा टिजरमा समावेश संवाद नै भाइरल भएपछि निर्देशक रानाले खुसी व्यक्त गरिन् । ‘दर्शकले हामीले जे कुरा भन्न खोजेका छौँ, त्यो कुरालाई मनमा लिनुभएको छ । दर्शकलाई संवादले नै मन छुनु खुसीको कुरा हो’ निर्देशक रेनिशाले भनिन् । संवाद भाइरल भएपछि फिल्मप्रति दर्शकको अपेक्षा समेत उच्च रहेको छ । 

आईकोरा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय मुख्य अभिनय छ । 

सुशान्त प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रेनशा राई राना र सोमनाथ खनालको संवाद रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा र रोहित शाक्यको सङ्गीत रहेको छ । ‘आई एम ट्वान्टी वान’ ले एक युवाको डान्सको सपना कथा बनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप