श्रीमतीसँग भागेपछि आफ्नै बुवाविरुद्ध उजुरी

प्रेमलाई यत्तिकै अन्धो भनिएको होइन । यसले प्रेमबाहेक अरू केही देख्दैन । कसलाई दुःख भयो, कसलाई क्षति पुग्यो, के हुन्छ परिणाम ? त्यो प्रेमले देख्दैन । यस्तै एउटा घटना भारतमा भएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार राज स्थानमा एक व्यक्ति ६ महिने नातिनीलाई छोडेर आफ्नै बुहारीसँग भागेका छन् । घटना बुन्डी जिल्लाको सिलोर गाउँको हो । पवन वैरागी नामका व्यक्तिले यसबारे सदार प्रहरी चौकीमा उजुरी दिएपछि घटना बाहिरिएको हो । वैरागीले आफ्नो उजुरीमा उनका बुवा रमेश वैरागी उनकी श्रीमतीसँग भागेको बताएका छन् । यसका साथै, बुवाले आफ्नी श्रीमतीलाई ललाइफकाइ गरी भगाएर लगेको पनि बताएका छन् । उनले श्रीमतीलाई निर्दोष बताएका छन् ।
पवनले दाबी गरेअनुसार उनका बुवा अन्य अवैध काममा पनि संलग्न छन् । बुवाले उनको साइकल चोरेर श्रीमती भगाएको उजुरी प्रहरीलाई दिएका छन् । प्रहरीले घटनामा राम्रोसँग छानबिन नगरेको पनि आरोप लगाए । पवनको आरोपलाई सम्बोधन गर्दै सदर स्टेसन अधिकारी अरविन्द भारद्वाजले यो घटनाबारे राम्रोसँग अनुसन्धान गरिरहेको र आफूहरूले भागेका जोडी र चोरिएको साइकलको खोजी गरिरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इस्तानबुलमा हुने युक्रेन शान्ति वार्तामा पुटिन नजाने भएपछि रिसाए जेलेन्स्की
-
ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए
-
कोशीमा समुदायगत धार्मिक द्वन्द्व चुनौती बनेको निष्कर्ष
-
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ नेपाल भ्रमणमा
-
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
-
बङ्गलामुखीको बार आज कुन राशिलाई कति लाभ ?