श्रीमतीसँग भागेपछि आफ्नै बुवाविरुद्ध उजुरी
प्रेमलाई यत्तिकै अन्धो भनिएको होइन । यसले प्रेमबाहेक अरू केही देख्दैन । कसलाई दुःख भयो, कसलाई क्षति पुग्यो, के हुन्छ परिणाम ? त्यो प्रेमले देख्दैन । यस्तै एउटा घटना भारतमा भएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार राज स्थानमा एक व्यक्ति ६ महिने नातिनीलाई छोडेर आफ्नै बुहारीसँग भागेका छन् । घटना बुन्डी जिल्लाको सिलोर गाउँको हो । पवन वैरागी नामका व्यक्तिले यसबारे सदार प्रहरी चौकीमा उजुरी दिएपछि घटना बाहिरिएको हो । वैरागीले आफ्नो उजुरीमा उनका बुवा रमेश वैरागी उनकी श्रीमतीसँग भागेको बताएका छन् । यसका साथै, बुवाले आफ्नी श्रीमतीलाई ललाइफकाइ गरी भगाएर लगेको पनि बताएका छन् । उनले श्रीमतीलाई निर्दोष बताएका छन् ।
पवनले दाबी गरेअनुसार उनका बुवा अन्य अवैध काममा पनि संलग्न छन् । बुवाले उनको साइकल चोरेर श्रीमती भगाएको उजुरी प्रहरीलाई दिएका छन् । प्रहरीले घटनामा राम्रोसँग छानबिन नगरेको पनि आरोप लगाए । पवनको आरोपलाई सम्बोधन गर्दै सदर स्टेसन अधिकारी अरविन्द भारद्वाजले यो घटनाबारे राम्रोसँग अनुसन्धान गरिरहेको र आफूहरूले भागेका जोडी र चोरिएको साइकलको खोजी गरिरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण