एनआईसी एशिया बैंकद्वारा दुर्घटना बीमाबापत १० लाख हस्तान्तरण
काठमाडौँ । एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमाबापतको १० लाख रुपैयाँ उपलब्ध गराएको छ । बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका रुपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिकामा स्थायी घर भएका मृतक खरालको खातामा उपलब्ध दुर्घटना बिमाबापतको रकम उनकी श्रीमती लक्ष्मी बस्याललाई यस बैंकका लुम्बिनी प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले हस्तान्तरण गरेका हुन् ।
हालसम्म २०७९ जना ग्राहकहरूलाई बीमा दाबी गरे बापतको ७ करोड ८८ लाख रुपैयाँभन्दा बढी रकम प्रदान गरिसकेको बैंकले जनाएको छ । जसमध्ये घातक रोग बीमा बापत २७ जनाले रु. २ करोड ९० लाख, दुर्घटना बीमा बापत १३ जनाले रु. १ करोड ३० लाख र मेडिकल बीमा बापत २ हजार ३९ जनाले रु. ३ करोड ६७ लाख बीमा रकम प्राप्त गरिसकेका छन् । यस बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरूलाई ८४ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराएको छ । जस अन्तर्गत रु. ४० लाखको दुर्घटना बीमा, रु. ४० लाखको घातक रोग बीमा र रु. ४ लाखसम्मको औषधि उपचार बीमा प्राप्त गर्छन् । औषधि उपचार बीमामध्ये अस्पताल भर्ना हुने बिरामीले रु. ३ लाख २० हजारसम्म र ओपीडी उपचारको लागि रु. ८० हजारसम्म प्राप्त गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण