शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा शून्यमा झर्‍यो कोरोना संक्रमण

मङ्गलबार, २३ फागुन २०७९, १९ : ५१
मङ्गलबार, २३ फागुन २०७९

काठमाडौँ । नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । लगातार चार दिनदेखि थपिने कोरोना संक्रमितको संख्या शून्यमा झरेको हो ।

फागुन १९ गतेयता एकजना पनि संक्रमित थपिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या पनि शून्य नै छ ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या पाँच भएको मन्त्रालयले जनाएको छ ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप