लिग-२ : नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौँ । आईसीसी विश्वकप लिग-टु अन्तर्गतको सिरिजमा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
मंगलबार साँझ युएई गएको नेपाली टोली स्वदेश फर्किएको हो । लिग टु सिरिजको आफ्नो अन्तिम विदेशी त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली स्वदेश आज स्वदेश फर्किएको छ । युएई भ्रमणका क्रममा नेपालले खेलेको चार मध्ये तीन खेलमा जित हात पारेको थियो । पपुवान्युगिनी र घरेलु टोलीसँग समान २÷२ खेल खेलेको थियो ।
जसमा पपुवान्युगिनीसँगका दुवै खेल जितेको थियो भने युएईसँगको पहिलो खेल हारेको थियो । नेपालले पपुवान्युगिनी र युएईसँग नै घरेलु मैदानमा आईसीसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम सिरिज खेल्दैछ ।
नेपालसँगै युएई पनि नेपालमा हुने सिरिजका लागि आज नै नेपाल आएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आयोजना हुने सो खेलको पहिलो खेलमा नेपालले मार्च ९ (फागुन २५) मा पपुवान्युगिनीसँग खेल्नेछ ।
मार्च १२ (फागुन २८) मा युएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । मार्च १३ (फागुन २९) मा पपुवान्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टुको अन्तिम खेलमा मार्च १६ (चैत २) मा युएईसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल
-
हेर्नुहाेस् राष्ट्र बैङ्कले आजकाे लागि जारी गरेकाे विदेशी मुद्राको विनिमय दर
-
आज ज्येष्ठ शुक्ल एकादशी: घरका मठमा तुलसीको दल राखिँदै
-
ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी गर्दै ७७ वर्षीय बालकृष्ण
-
अतिक्रमित पुरैना ताल पुनर्स्थापना गरिँदै