बङ्गलादेश भवन विष्फोट : चौध जनाको मृत्यु, सयभन्दा बढी घाइते
ढाका । बङ्गलादेशको एक व्यावसायिक भवनमा मंगलबार अपराह्न भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् ।
ढाका मेडिकल कलेज शिक्षण अस्पतालका एक अधिकारीका अनुसार विष्फोटस्थलबाट १४ जनाको शव अस्पतालमा ल्याइएको छ । अस्पतालका निर्देशक ब्रिगेडियर जनरल मोहम्मद नजमुल हकले अस्पतालमा एक सयभन्दा बढी घाइतेको उपचार गरिएको तथा धेरैलाई सघन उपचार कक्षमा राखिएको बताएका छन् ।
घटनास्थलमा कम्तीमा ११ वटा दमकलले परिचालन भएका छन् । विस्फोटबाट पुरानो ढाकाको सिद्दिकी बजार क्षेत्रमा एउटा साततले र अर्को पाँचतले दुईवटा भवनमा क्षति भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।
विष्फोट साततले भवनमा भएको हो । विस्फोटबाट नजिकैको भवनमा रहेको बैंकमा पनि क्षति भएको छ भने सडकको छेउमा रहेको यात्रुवाहक बसमा पनि क्षति भएको छ । विस्फोटको कारण खुलेको छैन ।
बेलाबेलामा बङ्गलादेशमा कारखानामा कामदार फस्नेलगायत औद्योगिक दुर्घटना भई रहन्छन् । प्रभावकारी सुरक्षा उपाय अवलम्बन नगर्दा यस्ता दुर्घटना हुनेगरेको आरोप पीडित पक्षले लगाउँदै आएको छ ।
गत वर्ष देशको मुख्य बन्दरगाह चटगाउँ नजिक रहेको सिपिङ कन्टेनर डिपोमा आगो लाग्दा नौ जना अग्निनियन्त्रकसहित ४१ जनाले ज्यान गुमाएका थिए भने एक सयभन्दा बढी घाइते भएका थिए । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण