बाहुबलीकी नायिका तमन्ना भाटियाले नेपालमा मनाइन् होली
बुधबार, २४ फागुन २०७९, ११ : ४६
‘बाहुबली : द बिगिनिङ’ की नायिका तमन्ना भाटिया हाल नेपालमा छिन् । उनले नेपालमा होली मनाएकी छिन् ।
नेपालमा होली मनाएको तस्बिर उनले आफ्नो सामाजिक सञ्जालमा राखेकी छिन् । गालामा रातो रङ लगाएको पाँच वटा फोटो इन्स्टाग्राममा सेयर गर्दै उनले लेखेकी छिन्, ‘ह्याप्पी होली फ्रम नेपाल ।’
पर्यटन बोर्डका प्रवक्ता मनिराम लामिछानेले तमन्ना औपचारिकभन्दा पनि निजी भ्रमणमा आएको जानकारी दिए ।
तमन्ना भारतीय अभिनेत्री हुन् । उनी तेलुगु, तमिल र हिन्दी सिनेमामा सक्रिय छिन् । ८० भन्दा बढी फिल्ममा अभिनय गरिसकेकी उनी विशेषतः बाहुबलीका लागि चर्चित छिन् ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण