म दुर्गा जन्माउँदै छु
पितृसत्ता, शैली, प्रवृत्ति
नारीलाई दोस्रो दर्जाको उपमा दिइन्छ
अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै गर्दा
हिंस्रक दुष्ट दानवहरूले कोपिलाहरू लाग्दै गरेका
फूलहरूलाई च्यात्दै, लुछ्दै
भोक र प्यासको तिर्खा मेटिरहेछ ।
घरभित्रै, आफन्त नातागोता र छिमेकमा
राक्षसहरूको बिगबिगी छ ।
झोलुङ्गेमा निदाइरहेकी मेरी बहिनी
अगेनामा आगो ताप्दै
बत्ती काटिरहेकी मेरी हजुरआमा
र, पारी डाँडामा दाउरा लिन गएकी मेरी आमालाई
गिद्धहरूले लुछेको कारुणिक कथा कहालीलाग्दो छ ।
उफ् ! नरपिचासहरुको रजाइँ
स्वच्छ, सक्षम र निष्पक्ष न्याय
आर्यघाटमा अन्तिम सास फेरिरहेछ ।
सारा जनताका आशाका केन्द्रबिन्दु
सत्ताकै मोहमा लिप्त बनी
राजनीतिको अपराधीकरण,
अपराधको राजनीतिकरण खेलमा
उन्मत्त बनी सिँगौरी खेलिरहेको
घिनलाग्दो दृश्य
एकमुठी प्राण बचाउनका लागि
जीवनभर दास बनेकी दूरदराजकी
आफ्नो नाम बताउन डराउने
साइँलीलाई
बोक्सीको उपमा दिई मलमूत्र खुवाई
कालोमोसो दली गाउँ डुलाउँदा
रमिते समाजका खबरदारी गर्ने
ठेकेदारहरू नतमस्तक बनी
दैत्यकै पाउ मोलिरहेछन्
विडम्बना !
दाइजो निहुँमा श्रीमतीलाई यातना दिएर
पटक, पटक जिउँदै मार्दा
तेजाब खनाएर जिउँदै जलाउँदा
के हेररिरहेछ न्यायका प्रतिमूर्तिहरू
खबरदारी गर्ने जिम्मा लिएको
सचेतक कहाँ मस्त निदाई रहेछ ?
खबरदार,
मेरी आमा, बहिनी र दिदीहरूको न्यायको लागि
म छिट्टै दुर्गा जन्माउँदै छु
नवदुर्गा स्वरुपा मेरी छोरीले
समाजका राक्षसहरू र नरपिचासको बध गर्दै
नारी माथिको अन्याय, अत्याचार,
दमन, विभेद र हिंसाको
पर्खाल ढाल्नेछिन्
पीडकहरूलाई सजाय दिएर
लुटिएको न्याय फिर्ता गर्नेछिन्
खबरदार !
दुर्गम गाउँ, बस्ती, कान्ला, भीर र गराबाट
समानता, न्याय, स्वतन्त्रताको बिगुल फुक्दै
व्यभिचारको अन्त्य गर्दै
राज्यको अनुभूति गर्ने समाजमा
सम्मानित, मर्यादित गुणस्तरीय जीवनकै निम्ति
छोरी शान्तिको दियो बाल्नेछिन्
कहिल्यै ननिभ्ने गरी ।
पर्खिबस्नु म केही दिनमा दुर्गाको जन्म दिदैछु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण