अमेरिकाबाट पठाएको पार्सलमा करिब ७ किलो गाँजा फेला
काठमाडौँ । अमेरिकाबाट नेपालमा पठाएको पार्सलमा गाँजा भेटिएको छ । अमेरिकाको लस एन्जल्स र क्यालिफोर्नियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएको पार्सलमा गाँजा फेला परेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।
अमेरिकाबाट आएको ६ दशमलव ९ किलो गाँजा बरामद गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए । अमेरिकाबाट आएको पार्सल रिसिभ गर्ने एकजना भारतीय नागरिक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत घर भएका ३० वर्षीय निमेश अशोकभाई डायनी, सर्लाहीको हरिहरपुर नगरपालिका–३ घर भएका २८ वर्षीय फैज आलमसहित तीन जना छन् ।
दुबई हुँदै काठमाडौँ पठाइएको पार्सलमा ‘होम डेकोर वाटर फाउन्डेशन र चाइल्ड गेम आइटम’ लेखिएको भएपनि भित्र गाँजा पठाएको भेटिएको छ । गाँजा कारोबारीले पार्सलमा ‘चकलेट र चाइल्ड गेम आइटम’ लेखेर अमेरिकाबाट नेपालमा पठाउने गरेको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण