कलाकार र खेलाडीलाई निजामती अस्पतालमा उपचार छुटको व्यवस्था गर्ने तयारीमा छु : मन्त्री मोदी
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती अस्पतालमा राष्ट्रिय कलाकार र राष्ट्रिय खेलाडीलाई उपचारमा छुटको व्यवस्था गर्ने तयारीमा रहेको बताएका छन् ।
बुधबार मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै मन्त्री मोदीले निजामती अस्पतालको पुर्नसंरचनाको पक्षमा रहेको बताउँदै निजामती कर्मचारीलाई उपचारमा दिइने छुट अनुसार राष्ट्रिय कलाकार, राष्ट्रिय खेलाडी र राष्ट्रिय व्यक्तित्वलाई उपचारमा सहुलियत कसरी दिन सकिन्छ त्यसबारेमा अध्ययन गरिरहेको जानकारी दिए ।
उनले भने, ‘जीवनभरि राष्ट्रका लागि योगदान गरेका कलाकार, खेलाडी उपचार गर्न नसक्ने अवस्थामा निजामती अस्पतालमा छुटमा उपचार गराउन नीतिगत व्यवस्था कसरी गर्न सकिन्छ त्यसका लागि लागिपरेको छु । यस्तै राष्ट्रिय व्यक्तित्व रहेका, स्थानीय तहका जनप्रतिनिधि, बेपत्ता परिवारका सदस्यलगायत कतिलाई सकिन्छ, त्यस्ता वर्ग र क्षेत्रका व्यक्तिहरूलाई सहुलियतमा उपचारको व्यवस्था गर्ने सोचाई लिएर अघि बढिरहेको छु ।’
मन्त्री मोदीले निजामती अस्पतालकाठमाडौँमा मात्र रहेकोले यसलाई प्रदेश स्तरमा पनि विस्तार गर्ने सोचमा रहेको उनले बताए ।
उनले आफ्नो मन्त्रालयको पनि पुर्नसंरचनाको तयारीमा रहेको बताएका छन् । एउटै पदमा कुनै कर्मचारी लामो समयदेखि बसेको भए त्यस्तो ठाउँ परिवर्तन गर्ने, परम्परादेखि चलिआएको मन्त्रालयको शैलीमा परिवर्तन गर्न लागेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण