अभिनेत्री सुरक्षा र अभिनेता मानवले गरे इन्गेजमेन्ट
बुधबार, २४ फागुन २०७९, १७ : ०२
काठमाडौँ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच इन्गेजमेन्ट भएको छ । बुधबार आयोजित एक समारोहका बीच पन्त र सुवेदीको इन्गेजमेन्ट भएको हो । जसको जानकारी अभिनेत्री पन्तले सामाजिक सञ्जालमार्फत तस्बिर शेयर गर्दै दिएकी छन् । तस्बिरका साथ उनले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौं । आशिर्वाद दिनुहोला ।’
पन्त र सुवेदीको बिहिबार चितवनको सौराहामा विवाह समारोह आयोजना हुँदैछ । विवाहमा दुब तर्फका नजिकका साथीभाई, आफन्त सहभागी हुनेछन् । दुबैले विगत ६ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् । पन्तले इन्गेजमेन्टको तस्बिर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा उनलाई बधाई तथा सफल दाम्पत्य जीवनको शुभ–कामना मिलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानुन निर्माणमा सांसद आचार्यको जोड
-
बाल सुधार गृहमा ‘नाइके प्रथा’ अन्त्य गरी पारिवारिक वातावरण निर्माण गर्न सांसद लामाको माग
-
च्यासलमा एमाले सांसदलाई नेता र विज्ञहरूको प्रशिक्षण
-
बाल सुधार गृहको अवस्था सुधार गर्न सांसद कर्णको माग
-
विश्वकप इतिहासमा यी हुन् उत्कृष्ट १० फाइनल
-
किभमा रातभर रुसी हमला, आवासीय तथा औद्योगिक क्षेत्रमा क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण