शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिग : सातदोबाटो र हिमालयन शेर्पाको रोमाञ्चक जित

बुधबार, २४ फागुन २०७९, १८ : ३६
बुधबार, २४ फागुन २०७९

काठमाडौँ । सातदोबाटो युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित निकाल्दा हिमालयन शेर्र्पाले विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै पहिलो जित निकालेको छ । 

ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा सातदोबाटो युथ क्लबले एपिएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दा अर्को खेलमा हिमालयन शेर्पाले दशरथ रंगशलामा पुलिसलाई समान १–० गोल अन्तरले पराजित गरेको छ । यससँगै सातदोबाटोले दुई खेलमध्यै दुवै खेलमा स्पष्ट जित निकाल्दा हिमालयन शेर्पाले पहिलो जित निकाल्न सफल भएको हो ।

निकै प्रतिष्पर्धात्मक बनेको खेलमा सातदोबाटो युथ क्लबले एपिएफलाई पराजित गर्ने क्रममा विदेशी खेलाडी विलियम ओपोकुले ५५औं मिनेटमा गरेको गोल निर्णायक भएको हो ।

यस्तै अर्को खेलमा भने हिमालयन शेर्पाका लागि अमृत श्रेष्ठले दोस्रो हाफको इन्जुरी समयमा गरेको गोल निर्णायक बनेको थियो ।

लिगमा बिहीबार दुई खेल हुनेछन् । पहिलो एन्फा कप्लेक्समा न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लब तथा दोस्रो च्यासल मैदानमा त्रिभुवन आर्मी र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिष्पर्धा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप