ए डिभिजन लिग : सातदोबाटो र हिमालयन शेर्पाको रोमाञ्चक जित
काठमाडौँ । सातदोबाटो युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित निकाल्दा हिमालयन शेर्र्पाले विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै पहिलो जित निकालेको छ ।
ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा सातदोबाटो युथ क्लबले एपिएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दा अर्को खेलमा हिमालयन शेर्पाले दशरथ रंगशलामा पुलिसलाई समान १–० गोल अन्तरले पराजित गरेको छ । यससँगै सातदोबाटोले दुई खेलमध्यै दुवै खेलमा स्पष्ट जित निकाल्दा हिमालयन शेर्पाले पहिलो जित निकाल्न सफल भएको हो ।
निकै प्रतिष्पर्धात्मक बनेको खेलमा सातदोबाटो युथ क्लबले एपिएफलाई पराजित गर्ने क्रममा विदेशी खेलाडी विलियम ओपोकुले ५५औं मिनेटमा गरेको गोल निर्णायक भएको हो ।
यस्तै अर्को खेलमा भने हिमालयन शेर्पाका लागि अमृत श्रेष्ठले दोस्रो हाफको इन्जुरी समयमा गरेको गोल निर्णायक बनेको थियो ।
लिगमा बिहीबार दुई खेल हुनेछन् । पहिलो एन्फा कप्लेक्समा न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लब तथा दोस्रो च्यासल मैदानमा त्रिभुवन आर्मी र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिष्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण