समाचार
इञ्जिनमा आगो लागेपछि श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण
बिहीबार, २५ फागुन २०७९, १० : १४
काठमाडौँ । काठमाडौँबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको विमानमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको श्री एयरलायन्सको विमानको दाहिने इञ्जिनमा आगलागी भएको हो ।
यससँगै, विमान भैरहवातर्फ नगई काठमाडौँमै फर्किएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले विमान अवतरण भइसकेको र विमानमा रहेका ७८ जना यात्रु सकुशल रहेको बताएका छन् ।
‘उड्ने बित्तिकै विमानको दायाँ इन्जिनमा आगलागी भयो । तत्कालै विमानस्थलमा सुरक्षित अवतरण गराउन सकियो,’ विमानस्थलका प्रबन्धक प्रताबबाबु तिवारीले भने । तिवारीका अनुसार उडान नम्बर ८२१ को जहाजको इन्जिनमा आगो देखिएको भन्दै चालक दलका सदस्यले टावरलाई जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण