स्थानीयका लागि खुल्यो मोदी इनर्जीको आईपीओ
बिहीबार, २५ फागुन २०७९, ११ : ०४
काठमाडौँ । मोदी इनर्जीले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधरण सेयर आईपीओ बिक्री खुलाएको छ । कम्पनीले स्थानीय वासिन्दाका साथै वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि समेत आजैदेखि आईपीओ बिक्री खुलाएको हो ।
मोदी इनर्जीको जारी पूँजी २ अर्ब ९० करोडको १० प्रतिशतले हुन आउने सेयर स्थानीयका लागि छुट्याइएको छ । यसअनुसार स्थानीयले प्रतिकित्ता १०० रुपैयाँ अंकित २९ लाख कित्ता सेयरमा आवेदन दिन पाउनेछन् । यसमा पर्वतको कुश्मा नगरपालिका, मोदी गाउँपालिका र मोदी नगरपालिकाका स्थानीयले आवेदन दिन पाउनेछन् ।
यस्तै, ४ लाख ३५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि छुट्याइएको छ । कम्पनीको आईपीओ निष्कासक तथा बिक्री प्रबन्धकमा सनराईज क्यापिटल रहेको छ । आईपीओमा चैत ९ गतेसम्म आवेदन दिन सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण