सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मतदान नगरेर राप्रपाले मलाई सहयोग गर्‍यो : पौडेल

बिहीबार, २५ फागुन २०७९, ११ : १९
बिहीबार, २५ फागुन २०७९

काठमाडौँ । नेपाली काँग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान नगरेर आफूलाई नै सहयोग गरेको बताएका छन् । पौडेलले राष्ट्रपति बनेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य रहेको स्पष्ट पारेका हुन् । 

बिहीबार राष्ट्रपति निर्वाचनका लागि मतदान गरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधानको अक्षरशः भावनालाई इमानदारितापूर्वक पालना गर्ने कुरामा आफूलाई समर्पित गर्ने प्रतिबद्धता जनाएका हुन् । उम्मेदवार पौडेलले गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्ने कुरामा आफू सचेत रहेकाले सोही अनुसारको व्यवहार हुने बताए । 

उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य हो मेरो । संविधानको अक्षरशः भावनालाई इमानदारितापूर्वक पालना गर्ने कुरामा आफूलाई समर्पित गर्छु । गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्ने कुरा म सचेत छु । सबैले माया गरेका छन्, सबैको विश्वासमा रहनेछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप