‘ब्याड इन्डिकेशन’ पछि जहाज फर्कायौँ : श्री एयरलाइन्स
काठमाडौँ । काठमाडौँबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको ८२१ नम्बरको विमान त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । चार जना चालक दलसहित ७४ जना यात्रु बोकेर भैरहवाका लागि उडेको एयरलाइन्समा प्राविधिक समस्या देखिएपछि तत्काल विमानस्थल फर्काइएको हो ।
विमान उडानको करिब १० मिनटमा नै इन्डिकेटरले इन्जिनमा समस्या देखाएपछि तत्काल विमानलाई त्रिभुवन विमानस्थल नै फर्काइएको एयरलाइन्सले जनाएको छ । ‘उडान लगत्तै इन्डिकेटरले जहाजको बायाँपट्टिको इन्जिनमा समस्या देखायो । अर्को इन्जिनमा केही भएको थिएन । तर, सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै तत्काल विमान टीआईए डाइभर्ट गर्यौँ,’ श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले रातोपाटीलाई बताए ।
यद्यपि, विमानमा के भएको थियो अहिले प्राविधिक टोलीले चेकजाँच गरिरहेको छ उनले बताए । ‘आगो लागेको हो की होइन त्यो अध्ययनपछि थाहा होला । तर, जहाज उडान लगत्तै ब्याड इन्डिकेशन भएको हो । त्यसैले भैरहवा नगएर सिधै त्रिभुवन विमानस्थल नै फर्कायौँ,’ उनले भने ।
उडानका क्रममा कहिलेकाहीँ प्राविधिक समस्या आउने हुँदा यसलाई सामान्य मान्नुपर्ने प्रवक्ता मानन्धरको भनाइ छ ।
त्यसो त पछिल्लो समय हवाई उडानका क्रममा जहाजहरूमा एकपछि अर्को समस्या आइरहेको छ । गत माघ १ गते काठमाडौँ–पोखरा उडानको क्रममा रहेको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेसँगै हवाई उडानको सुरक्षामा चुनौती थपिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण