सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिको निर्वाचनमा भोट क्रस हुने सम्भावना छैन : अध्यक्ष नेपाल

बिहीबार, २५ फागुन २०७९, १२ : २७
बिहीबार, २५ फागुन २०७९

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको निर्वाचनमा भोट क्रस हुने सम्भावना नरहेको बताएका छन् । बिहीबार राष्ट्रपति निर्वाचनमा मतदान गरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जनताबाट निर्वाचित भएका नेताहरू आफ्नो विचार र मान्यतामा दृढताका साथ उभिनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

उनले भने, ‘जनताबाट निर्वाचित भएका नेताहरू आफ्नो विचार र मान्यतामा दृढताका साथ उभिन्छन् । मूल्य र मान्यता, नैतिकताको राजनीति गर्नेछन् । यस अर्थमा विभिन्न पार्टीसँग जोडिएकाहरू, पार्टी पार्टीको निर्देशनका आधारमा नजोडिएका स्वतन्त्र व्यक्तिहरू आफ्नै मान्यताको आधारमा निर्णय गर्दछन् । त्यो भन्दा भिन्न ढंगले अरू कुरामा प्रभावित भएर चल्छन् जस्तो लाग्दैन ।’ राष्ट्रपतिको निर्वाचन अहिले जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप