राष्ट्रपतिको निर्वाचनमा भोट क्रस हुने सम्भावना छैन : अध्यक्ष नेपाल
बिहीबार, २५ फागुन २०७९, १२ : २७
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको निर्वाचनमा भोट क्रस हुने सम्भावना नरहेको बताएका छन् । बिहीबार राष्ट्रपति निर्वाचनमा मतदान गरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जनताबाट निर्वाचित भएका नेताहरू आफ्नो विचार र मान्यतामा दृढताका साथ उभिनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।
उनले भने, ‘जनताबाट निर्वाचित भएका नेताहरू आफ्नो विचार र मान्यतामा दृढताका साथ उभिन्छन् । मूल्य र मान्यता, नैतिकताको राजनीति गर्नेछन् । यस अर्थमा विभिन्न पार्टीसँग जोडिएकाहरू, पार्टी पार्टीको निर्देशनका आधारमा नजोडिएका स्वतन्त्र व्यक्तिहरू आफ्नै मान्यताको आधारमा निर्णय गर्दछन् । त्यो भन्दा भिन्न ढंगले अरू कुरामा प्रभावित भएर चल्छन् जस्तो लाग्दैन ।’ राष्ट्रपतिको निर्वाचन अहिले जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण