सूचना नदिने कार्यालय प्रमुखलाई १५ हजार जरिवाना
काठमाडौँ । सूचना उपलब्ध नगराएको आरोपमा राष्ट्रिय सूचना आयोगले सप्तारीको कञ्चनरुप नगरपालिकाको कार्यालयका कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले प्रमुख प्रशासकीय अधिकृत रेणुका शाहलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम १५ हजार रुपैयाँ जरिवाना गराएको हो ।
सप्तकोशी नगरपालिका–११ निवासी कैलाशमाझीले कञ्चनरुप नगरपालिकाको कार्यालयसँग सूचना माग गरेका थिए । तर पटक–पटक लिखित जवाफ माग गर्दा तथा सूचना उपलब्ध गराउन आदेश हुँदा पनि सूचना मागकर्ताबाट माग भएको सूचना उपलब्ध गराउने प्रयास नभएको आयोगको ठहर छ । आयोगले सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ६(७) बमोजिम आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२(१) बमोजिम गरेको जरिवाना असुलउपर गरी आयोगलाई जानकारी दिनु भनेर जिल्ला प्रशासन कार्यालय, सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई आदेश दिएको छ ।
त्यस्तै, शाहलाई विभागीय कारबाही गरी र पुनरावेदकलाई सूचना उपलब्ध गराई दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखेर पठाउन समेत भनेको छ । यस निर्णय चित्त नबुझेमा शाहले ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न पाउनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण