निर्वाचनको मुखमा नेविसंघको सिटौला समूहले किन बोलायो विशेष भेला ?
काठमाडौँ । स्ववियु निर्वाचनको मुखमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको कृष्ण प्रसाद सिटौला समूहले भेला आह्वान गरेको छ । संस्थापन र इतर समूहबीचको चर्किँदै जाँदा ‘तेस्रो धार’ भनिने सिटौला समूहले विशेष भेलाको आह्वान गरेको हो ।
स्ववियु निर्वाचनको संघारमा संस्थापन र इतर समूहले भागबण्डाका आधारमा उम्मेदवारी टुंग्याउन सक्ने देखिएको भन्दै आफ्नो रणनीति तयार गर्न सिटौला समूहले भेला बोलाएको बताइएको छ ।
नेविसंघको पूर्व केन्द्रीय सदस्य सुशील भट्टले शुक्रबार बिहान ८ बजे बाल्मिकी क्याम्पसमा भेला बोलाइएको जानकारी दिए।
उनका अनुसार भेलालाई बागमती प्रदेश सभा सदस्य तथा प्रमुख सचेतक कुन्दनराज काफ्ले, गण्डकी प्रदेश सभा सदस्य तथा बागलुङ सभापति जीत शेरचन, नेविसंघका पूर्व उपाध्यक्ष रामप्रसाद अधिकारी, पूर्वमहामन्त्री बलदेव तिमल्सिनालगायतले सम्बोधन गर्ने छन् ।
सिटौला समूहले गुटगत आधारमा नभएर क्याम्पसहरुमा देखिएको लोकप्रियताका आधारमा स्ववियु निर्वाचनका लागि उम्मेदवार चयन गर्नु पर्ने माग गरेको छ ।
यस्तै गठबन्धनका नाममा संगठनको पकड भएका क्याम्पसहरु फरक संगठनको भागमा दिन नहुने पनि अडान लिएको छ ।
त्रिभुवन विश्व विद्यालयले चैत ५ गते स्ववियु निर्वाचन तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण