इजरायली सैनिकको गोली लागेर ३ प्यालेस्टाइनीको मृत्यु
बिहीबार, २५ फागुन २०७९, २१ : २३
रामल्लाह । इजरायली सेनाको गोली लागेर बिहीबार जेनिनको उत्तरी वेस्ट बैंक शहरको दक्षिणस्थित जाबा गाउँमा तीन प्यालेस्टाइनीको मृत्यु भएको छ ।
प्यालेस्टाइनी सुरक्षा स्रोत र प्रत्यक्षदर्शीहरूले जनाएअनुसार इजरायली सेनाले प्यालेस्टाइनीहरू चढेको गाडीलाई लक्षित गरी गोली चलाउँदा दुवै तर्फबाट गोली हानहान भएको र तीन प्यालेस्टाइनीको मृत्यु भएको हो ।
इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै आफ्ना सैनिकहरूमाथि आक्रमण गर्न खोजेका संदिग्धहरूलाई पक्राउ गर्न जाबा गाउँमा छापा मारेको र संदिग्धहरूले इजरायली सेनामाथि गोली प्रहार गर्न खोज्दा जवाफी कारबाहीमा तीन जनाको प्यालेस्टाइनीको मृत्यु भएको बताएको छ।
वेस्ट बैंक र पूर्वी जेरुसेलममा इजरायल र प्यालेस्टिनीबीच जनवरीको शुरुदेखि नै तनाव बढिरहेको छ। (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण