शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
नवनिर्वाचित राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन (फोटोफिचर)
फोटोफिचर

नवनिर्वाचित राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन (फोटोफिचर)

शुक्रबार, २६ फागुन २०७९

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको दर्शन गरेका छन् । शुक्रबार बिहान राष्ट्रपति पौडेलले पशुपतिनाथको दर्शन गरेका हुन् । पौडेलले पशुपतिनाथको दर्शन गरी प्रसाद ग्रहण गरेका छन् । सो क्रममा राष्ट्रपति पौडेलले पशुपतिनाथ परिसरमा पुजा गरेका थिए ।  

पशुपतिनाथको दर्शनअघि पौडेलले गौशालास्थित गुहेश्वरी मन्दिरको दर्शन गरेका थिए ।  

उनी आजै सुन्दरीजलस्थित विपी सङ्ग्रहालय जाने कार्यक्रम छ । त्यहाँ उनले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विपी कोइरालालगायत नेताकोे शालिकमा माल्यार्पण गर्ने तथा सङ्ग्रहालयको अवलोकन गर्ने कार्यक्रम रहेको छ । उनी आजै दर्शन तथा पूजाआजाका लागि स्वयम्भूनाथ जाने कार्यक्रम छ ।

पूर्वसभामुख रहेका उनी आफ्ना प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङलाई दोब्बर बढी मतले पराजित गर्दै बिहीबार मुलुकको तेस्रो राष्ट्रपति पदमा निर्वाचित भएका थिए । नवनिर्वाचित राष्ट्रपति पौडेलले फागुन २९ गते पद तथा गोपनीयता शपथ लिने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया