स्ववियु निर्वाचन : रामस्वरुप बहुमुखी क्याम्पसले सार्वजनिक गर्यो अन्तिम मतदाता नामावली (सूचीसहित)
जनकपुरधाम । अगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनको लागि जनकपुरधामस्थित रहेको रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरधामले अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । त्रिविले सार्वजनिक गरेको स्ववियु निर्वाचन कार्यतालिकाअनुसार राराबले बिहीबार अन्तिम मतदाता नामावली सार्वजनिक गरेको हो । गत आइतबार सार्वजनिक भएको मतदाता नामावलीउपर दाबी विरोधको समय दिँदै स्ववियु विद्यार्थी निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको नामावली अनुसार क्याम्पसमा ७ हजार १ सय २५ विद्यार्थी रहेका छन् ।
त्रिविले बनाएको नियमावलीअनुसार गत शुक्रबार १२ वटा संगठन र तीनवटा स्वतन्त्र समूहले निर्वाचनका लागि संगठन तथा समूह दर्ता गराएका थिए । सभापतिको नामसहित सबै संगठन तथा समूह दर्ता गरिएको निर्वाचन अधिकृत रेमन्त मोरवैताले जानकारी दिए । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पहिलो नम्बरमा दर्ता भएको छ । सो संगठनले क्याम्पस इकाई प्रमुखको जिम्मेवारी अजयसिंह कुशवाहालाई दिएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकट लोकतान्त्रिक विद्यार्थी संगठनले अजयकुमार पण्डितलाई इकाइको नेतृत्व प्रदान गरेको छ । यस्तै, नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले मनिषकुमार यादव, जनमत पार्टीनिकट विद्यार्थी जनमत संघले अजयकुमार दास, जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी विद्यार्थी युनियनले गौतम यादव चोरवार र राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठनले दयानन्द झालाई संगठन प्रमुखको जिम्मेवारीसहित संगठन दर्ता गराएका छन् ।
त्यस्तै राष्ट्रिय विद्यार्थी परिषद्ले रविकुमार साह, नेपाल समाजवादी विद्यार्थी युनियनले सुरेन्द्रकुमार यादव, अखिल क्रान्तिकारीले वृकेश अधिकारी र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले शंकर प्रसाद साहलाई जिम्मेवारी दिएको छ । यस्तै, तीनवटा समूहले स्वतन्त्र रुपमा संगठन दर्ता गराएका छन् । स्वतन्त्र विद्यार्थी समूह भनेर अभिषेककुमार सिंह, इजाज मोमिम समूह र आशुतोष झा समूहले स्वतन्त्रबाट संगठन दर्ता गराएका हुन् । संगठन दर्ता भएसँगै विद्यार्थी नेताहरु धमाधम प्रचारप्रसारमा जुटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण