वैदेशिक रोजगार बचतपत्रमा लगानी गर्ने अवसर, वार्षिक साढे १२ प्रतिशत ब्याज पाइने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी चैत १० गते ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्दैछ । वैदेशिक रोजगार बचतपत्र २०८४ ‘क’ नामक यस बचतपत्रमा लगानीकर्ताले ५ वर्षसम्मका लागि लगानी गर्न सक्नेछन् ।
बैंकले बचतपत्रमा अधिकतम १२.५० प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ । इच्छुक वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीहरुले समेत यस बचत पत्रमा लगानी गर्न सक्नेछन् ।
केन्द्रीय बैंकका अनुसार बचतपत्रका लागि न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सकिनेछ । तर यो बचतपत्रमा मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सकिनेछ ।
२०७९ फागुन १४ गतेदेखि आवेदन माग भएकोमा चैत ३ गतेसम्म मात्र इच्छुक लगानीकर्ताले बचतपत्रमा आवेदन दिन सक्नेछन् । २०७९ चैत १० गतेदेखि गणना हुने बचतपत्र आगामी २०८४ चैत १० गते परिपक्क हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनामा सुरक्षा अधिकारीमाथि छानबिन र कारबाही गर्न सांसद दीपक साहको माग
-
युक्रेनलाई इरानको कडा चेतावनी
-
अल-नासरको आर्थिक संकट : के रोनाल्डोको बिदाइ नै एकमात्र विकल्प हो?
-
दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई १८ महिनाको जेल सजाय
-
काठमाडौँमा सहकारी पीडितको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
-
सुनसरी घटना : आक्रोशित समूहले जलाए मोटरसाइकल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण