चीनले नेपाललाई पर्यटकीय गन्तव्यमा समेट्यो
काठमाडौँ । चीनले नेपाललाई पर्यटकीय गन्तव्यका लागि खुला गरेको छ । चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयका अनुसार चीनको पर्यटकीय गन्तव्यको ४० देशको सूचीमा नेपाल पनि समेटिएको हो ।
यसअघि श्रीलंका लगायत देशलाई खुला गरेपनि चीनले नेपाललाई खुला गरेको थिएन । कोरोना महामारीका रुपमा चीनले यात्रामा प्रतिबन्ध लगाउँदै आएको थियो ।
चिनियाँ सञ्चारमाध्यम बेइजिङ डेलीले यो निर्णय आगामी मार्च १५ देखि लागू हुने जनाएकाे छ । ४० देशहरूको सूचीमा नेपालसहित ब्रुनाई, भियतनाम, मंगोलिया, इरान, जोर्डन, तान्जानिया, नामिबिया, मौरिसस, जिम्बाब्वे, युगान्डा, जाम्बिया, सेनेगल, काजाकिस्तान, उज्वेकिस्तान, जर्जिया, अजरबैजान, आर्मेनिया, सर्बिया, क्रोएसिया, फ्रान्स, ग्रीस, स्पेन रहेका छन् ।
यस्तै आइसल्याण्ड, अल्बानिया, इटाली, डेनमार्क, पोर्चुगल, स्लोभेनिया, भानुआटु, टोंगा, समोआ, चिले, बी. उरुग्वे, पानामा, डोमिनिका, एल साल्भाडोर, डोमिनिका, बहामास पनि यो सूचीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण