गीत
छोरो बिग्रियो
शनिबार, २७ फागुन २०७९, ०७ : ०४
ए ! आमालाई चिन्ता भो छोरो बिग्रियो
बुढेसकालमा सहाराको लठ्ठी भाँचियो
घरखेत बाँझै भो जोरी पारी हाँस्छन्
युवा जति डिस्कोमा रक्सी खाइ नाच्छन्
लखर लखर हिँडेर जीवन खर्केला
मायाप्रीति गाँस्छु भन्छौ मुटु चर्केला
हे ! युवा तिम्लाई देखी देश लजायो
पराईले खुसी हुँदै ताली बजायो
पुर्ख्यौली सम्पत्तिमा धेरै रजाइँ नगर
बढाऊ आफ्नो सीप अनि कला जाँगर
चार पैसाको कमाइ छैन हजारको धाक
होस गर बाउबाजेको इज्जत सबै राख
पढाइ लेखाइ केही छैन गफमात्र ठिक छ
तिम्रो कुरा समाजमा अब कहाँ बिक्छ ?
थाहै नपाई जीवन बित्ला होला धेरै खति
हे ! युवा सुधार है अब तिम्रो मति
ए ! आमालाई चिन्ता भो छोरो बिग्रियो
बुढेसकालमा सहाराको लठ्ठी भाँचियो ।
सुन्दरहरैँचा, मोरङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण