गीत
छोरो बिग्रियो
शनिबार, २७ फागुन २०७९, ०७ : ०४

ए ! आमालाई चिन्ता भो छोरो बिग्रियो
बुढेसकालमा सहाराको लठ्ठी भाँचियो
घरखेत बाँझै भो जोरी पारी हाँस्छन्
युवा जति डिस्कोमा रक्सी खाइ नाच्छन्
लखर लखर हिँडेर जीवन खर्केला
मायाप्रीति गाँस्छु भन्छौ मुटु चर्केला
हे ! युवा तिम्लाई देखी देश लजायो
पराईले खुसी हुँदै ताली बजायो
पुर्ख्यौली सम्पत्तिमा धेरै रजाइँ नगर
बढाऊ आफ्नो सीप अनि कला जाँगर
चार पैसाको कमाइ छैन हजारको धाक
होस गर बाउबाजेको इज्जत सबै राख
पढाइ लेखाइ केही छैन गफमात्र ठिक छ
तिम्रो कुरा समाजमा अब कहाँ बिक्छ ?
थाहै नपाई जीवन बित्ला होला धेरै खति
हे ! युवा सुधार है अब तिम्रो मति
ए ! आमालाई चिन्ता भो छोरो बिग्रियो
बुढेसकालमा सहाराको लठ्ठी भाँचियो ।
सुन्दरहरैँचा, मोरङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण